
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। विपक्षीका तर्फबाट लिखित जवाफ प्राप्त भइसकेकाले उक्त मुद्दाको पेसी आजका लागि तोकिएको हो।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार उनीहरूलाई गत चैत १४ गते पक्राउ गरिएको थियो। जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका आधारमा गरिएको उक्त पक्राउ गैरकानूनी भएको दाबी गर्दै उनीहरूले चैत १५ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि चैत १६ गते अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। सरकारी पक्षको जवाफ आएसँगै अब मुद्दाले कानुनी किनारा पाउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया