उपसभामुख चयन गर्ने बिषयमा रवि र ज्ञानेन्द्रबिच छलफल

1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच शनिबार छलफल भएको छ।

लामिछानेको निजी निवासमा करिब एक घण्टा लामो संवाद भएको हो।

प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबिचको यो भेटलाई अर्थपूर्ण मानिएको छ। भेटघाटको मुख्य एजेन्डा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिमा केन्द्रित रहेको बुझिएको छ।

रास्वपाले यसअघि नै डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने बाध्यता छ। यही कारणले गर्दा रास्वपाले सत्ता पक्षभन्दा बाहिरका दलहरूसँग सहकार्य गर्नुपर्ने स्थिति छ।