प्रदेश संरचना खारेज गर्न राप्रपाले दुइतिहाई बनाउन साथ दिन्छः ज्ञानेन्द्र शाही

273
Shares

काठमाडौं । प्रदेश संरचना खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुइतिहाई बनाउन साथ दिने प्रतिवद्धता संसदबाट दिएको छ ।

विहीबार बसेको संसदको पहिलो वैठकमा सम्बोधन गर्दै राप्रपा नेता ज्ञानेन्द्र शाहीले प्रदेश संचरचना खारेज गर्न संविधा संशोधन गर्नुपर्छ यसका लागि राप्रपाले १८७ सहितको दुईदिहाइ पुर्याउन साथ दिने बताएका छन् ।

उनले प्रदेश संरचना खारेज गरेर सरकारले वार्षिक एक खर्ब रुपैयाँ बचत गर्न सकिने दाबी पनि शाहीको छ । उनले एकपटकको नेपाली सधैंको नेपाली बनाउन रास्वपालाई दुईतिहाइ बनाउन साथ दिने पनि बताए ।