बालबालिकालाई स्कुल ड्रेसमा बोलाउने र सरकारी भवनमा आगजनी गर्नेलाई पनि कारबाही हुनुपर्छः साम्पाङ

147
Shares

काठमाडौं । श्रमसंस्कृति पार्टीका सभापति हर्क साम्पाङले बालबालिकालाई स्कुल ड्रेसमा बोलाउने र २४ गते सरकारी भवनमा आगजनी गर्नेलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् ।

‘जेनजी आन्दोलनमा डिस्कोर्ड चलाएर जेनजी बालबालिकाहरूलाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाउने, आन्दोलनमाथि अन्धधुन्ध गोली चलाएर दमन गर्ने, २३ गतेको घटना घटाउने र २४ गते सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता सरकारी भवनहरू जलाउने कृत्य गर्ने मान्छेहरूलाई पनि कारबाहीमा ल्याउनुपर्छ,’ साम्पाङले भने, ‘यसका लागि उच्चस्तरीय छानबिन समिति आयोग गठन गर्नका लागि माग गर्दछौं ।’