एमसीसी खारेज गर्न र सीमानामा हुने गतिविधिलाई निगरानीमा राख्न हर्क साम्पाङको माग

175
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङले एमसीसी खारेज गर्न र सीमानामा हुने गतिविधिलाई निगरानीमा राख्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै साम्पाङले यस्तो माग गरेका हुन् ।

‘पृथ्वी रहुन्जेल हाम्रो देश रहनुपर्छ, चन्द्र सुर्य अंकित झण्डा रहनुपर्छ । यो मान्यतासहित हामी देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिअनुरुप एमसीसी खारेज गर्नुपर्दछ,’ साम्पाङले भने, ‘छिमेकी मुलुकले सीमानामा गरेको गतिविधिलाई नेपाल सरकारले निगरानीमा राख्नुपर्दछ ।’

उनले सीमानाको रक्षाका लागि नेपाली सेनालाई खटाउनुपर्ने बताए । यस्तै, प्रत्येक्ष कार्यकारीको निर्वाचन हुने प्रणाली बनाउनेगरी अगाडि बढ्न समेत उनले माग गरे ।