अन्तिम समयमा सम्हालिने प्रयासबीच ७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

308
Shares

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.७३ अंक अर्थात् २.६२ प्रतिशतले घटेर २७७६.३६ बिन्दुमा कायम भएको छ ।

कारोबारको सुरुवाती समयदेखि नै घट्न थालेको बजार २ बजेर ३० मिनेटमा पुग्दा २७६६ बिन्दुमा खुम्चिसकेको थियो ।

त्यसबाट फेरि बजार सुधार हुने प्रयास गर्दै २ बजेर ४८ मिनेटमा २७८८ बिन्दुमा उक्लियो । यद्यपि, सो वृद्धि पनि रोकिन नसकि कारोबार बन्द हुने समयमा भने नेप्से ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा बन्द भएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से १९.७० अंकले बढेर २८५१ बिन्दुमा कायम भएको थियो । त्यसअघि सोमबार नेप्से ४७.७१ अंक र आइतबार ७१.०५ अंकले घटेको थियो ।

बुधबार नेप्सेमा कुल १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार भने नेप्सेमा कुल १० अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा २५५ कम्पनीको घटेको छ ।

बुधबार फाइनान्स समूह इन्डेक्स ३.०३ प्रतिशत, विकास बैंक समूह ३.१८ प्रतिशत र बैंकिङ समूह २.३१ प्रतिशतले घटेको छ । यस्तै, अन्य सबै समूहको सूचकमा पनि गिरावट आएको छ ।

Skip This