दीपक भट्टमाथि ३ अर्ब ८१ करोड दुरुपयोगको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान

1.2k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टमाथि ३ अर्ब ८१ करोड दुरुपयोगको आरोपमा अनुसन्धान अगाडि बढाएको छ ।

गम्भीर आर्थिक दुरुपयोगको आशंकामा छानबिन सुरु गरेको विभागले नेपाल बिमा प्राधिकरणलाई पत्राचार गर्दै भट्टले विभिन्न बिमा कम्पनी र कोषहरूको अर्बौँ रुपैयाँ दुरुपयोग गरेको विषयमा ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । विभागले गत फागुन २८ मा पत्र लेख्दै यस्तो निर्देशन दिएको थियो ।

विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका विभिन्न कम्पनीहरूको सेयर खरिद गर्नका लागि हिमालयन रि–इन्स्योरेन्स र यससँग आबद्ध अन्य संस्थाहरूको ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा बराबरको रकम दुरुपयोग गरेको आरोप छ।

विभागको पत्रमा उल्लेख भएअनुसार भट्टले हिमालयन रि–इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६०, हिमालयन सेक्युरिटिजबाट २ करोड २१ लाख ९७ हजार १४४। नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट ३७ करोड र लार्ज क्याप फण्डबाट २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ अपचलन गरेको आरोप छ । यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार ८७३ पनि अपचलन गरेको उल्लेख छ ।

कैलालीका स्थायी बासिन्दा भट्टले सो रकम धितोपत्र दलाल इजाजत नम्ब। ५५ रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिमिटेडमार्फत भुक्तानी गरी सेयर खरिद गरेको विभागको दाबी छ ।

भट्ट अध्यागमन विभागको कालोसूचीमा परेका छन् । सरकारले सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान सुरु गरेसँगै भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको हो ।

Skip This