रवि लामिछानेको अभियोगपत्र संशोधन विरुद्धको रिटमा आज फैसला आउन सक्ने

140
Shares


काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णय विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतले फैसला सुनाउन सक्ने संभावना रहेको छ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथिको अभियोग संशोधन गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध परेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यो मुद्दा हेर्दाहेर्दैको सूचीमा रहेको छ।

सर्वोच्च अदालत स्रोतका अनुसार दुवै पक्षको बहस र बयान सकिइसकेकाले आज यस मुद्दामा अन्तिम फैसला वा कुनै ठोस आदेश आउने तयारी छ। मुद्दा लम्ब्याउनुपर्ने थप कारण नभएकाले इजलासले आजै निर्णय दिने बुझिएको छ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथिको अभियोगपत्र संशोधन गर्ने निर्णय प्रचलित कानुन विपरित रहेको दाबी गर्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, आभास रेग्मी र युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका विषयमा अनुसन्धान र कानुनी प्रक्रिया जारी छ।

आजको फैसलाले रवि लामिछानेमाथिको कानुनी प्रक्रिया कुन दिशामा अघि बढ्छ भन्ने कुराको निर्क्योल गर्ने अपेक्षा गरिएको छ।

Skip This