सरकारको दिनगन्ती सुरु भएको भन्दै बस्नेतले दिए आन्दोलन चर्काउने चेतावनी

406
Shares

काठमाडौं । नेकपा एमालेका सचिब महेश बस्नतेले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले पार्टी अध्यक्ष केपी ओलीको पक्राउ गरेको आरोप लगाउँदै त्यसको मूल्य देशले महँगो तिर्नुपर्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार र कथित गृहमन्त्री सुधन गुरुङ लाई लक्षित गर्दै पछिल्ला कदमहरू गलत रहेको दाबी गरेको छ।

‘दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै यसको दिनगन्ती सुरु भइसकेको छ,’ उनले भनेका छन्।

उनीहरूले सरकारले देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास गरिरहेको आरोपसमेत लगाएका छन्।

‘देशलाई पाकिस्तान, बंगलादेश वा युक्रेन जस्तो अवस्थातर्फ लैजाने संकेत देखिएको छ,’ बस्नेतले भनेका छन्।

घाइतेहरूको तत्काल उपचार र पक्राउ परेकाहरूको अविलम्ब रिहाइको माग गरेका छन् ।

आइतबार दिउँसो १२ बजेदेखि देशभरका जिल्ला सदरमुकामहरूमा थप सशक्त र प्रतिरोधात्मक आन्दोलन गर्ने उनले चेतावनी दिएका छन्।

साथै, आज भएको प्रहरी दमनको विरोधमा भोलि पनि माइतीघर मण्डला मा जनसंगठनहरूको प्रदर्शन निरन्तर रहने बताइएको छ।