तोडफोडमा और्लिए एमाले प्रदर्शनकारी

357
Shares

काठमाडौं । पक्राउ परेका केपी ओलीको रिहा गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीले तोडफोड गर्न सुरु गरेका छन् ।

माइतीघरमा प्रदर्शनकारीहरुले सडकमा गुडिरहेका निजी सवारी साधनसँगै सडकमा राखिएका डिभाइडर, ब्यारिकेडसहित अन्य भौतिक सम्पतिमाथि तोडफोड गर्न सुरु गरेका छन् ।

सोही क्रममा प्रदर्शनकारीहरु उग्र भएर निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् । अहिले माइतीघरको अवस्था तनावग्रस्त छ ।