
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरुले काठमाडौंको विभिन्न स्थानमा प्रदर्शन गर्न सुरु गरेका छन् ।
जेनजी आन्दोलनको जाँझबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरुले राजधानीसहित विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्न सुरु गरेका छन् ।
काठमाडौंको एमाले केन्द्रीय कार्यालय च्यासल, चावहिल, भृकुटीमण्डपलगायतका स्थानमा सडकमा टायर बालेर एमाले कार्यकर्ताले कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गर्न सुरु गरेका छन् ।











प्रतिक्रिया