
काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आज बिहान बसेको पार्टीको सचिबालय बैठकले कानुनी र राजनीतिक प्रतिवाद गर्नेदेखि जिल्लातहसम्म विरोध कार्यक्रम गर्नेसम्मको निर्णय गरेको छ ।
केहि समयअघि सकिएको सचिबालय बैठकको निर्णय नेकपा एमालेका सचिब महेश बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै नेकपा एमालेले कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा आइतबार १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने र लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने निर्णय गरेको छ ।
यस्ता छन् एमालेले बैठकले गरेको निर्णय–
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।








प्रतिक्रिया