गण्डकी विकास बैंकले १९.३१ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । गण्डकी विकास बैंकले १९.३१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकको संचालक समितिले हाल कायम भएको चुक्ता पुँजीमा १९.३१ प्रतिशत बोनस सेयर अर्थात ४४ करोड ५० लाख रुपैयाँको बोनस सेयर दिने निर्णय गरेको हो ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्ने छ ।


क्लिकमान्डु