ओलीलाई टिचिङ अस्पतालको ‘रेड जोन’मा राखियो

973
Shares

काठमाडौं । जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा लगिएको छ।

शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौं जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्‍याइएको हो।

ओलीलाई टिचिङ अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखिएको छ। रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीलाई राख्ने गरिन्छ।