बालेनलाई गगनले दिए शुभकामना, रचनात्मक सहयोग गर्ने

84
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।

शुक्रबार थापाले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ,’ सभापति थापाले भनेका छन् ।