प्रधानमन्त्रीको लागि आज बालेन्द्र शाह सपथ ग्रहण गर्दै

0
Shares

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ।

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ।

बालेन शाहले शुक्रबार मध्यान्ह १२.३४ बजे राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ ।

रास्वपाका अनुसार शपथ ग्रहणमा वैदिक र बौद्ध दुवै विधि प्रयोग गरिनेछ । जसमा १०८ बटुकबाट स्वस्ति शान्ति वाचन, ७ वटा शंखको नाद र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ हुनेछ । शपथपछि शुक्रबार दिउँसो २स्१५ बजे बालेनले सिंहदरबार पुगेर कार्यभार सम्हाल्नेछन् । ।

प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जितेको छ।

सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका हुन्।

बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन्।