
एजेन्सी । हर्मुज जलयोजकको सुपरिवक्षेण गर्ने जिम्मेवारी पाएका अलिरेजा ताङसिरीलाई सफाया गरिएको इजरायलले दाबी गरेको छ ।
सन् २०१८ मा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको जलसेना कमान्डर नियुक्त गरिएको थियो । यसअघि उनले सन् २०१० देखि आईआरजीसी जलसेनाको उप–कमान्डरको रूपमा काम गरेका थिए ।
उनकै भनिएको एउटा एक्स अकाउन्ट यस वर्षको मार्च १० देखि सक्रिय छ जसका पोस्टहरू इरानी सञ्चारमाध्यमहरूले उद्धृत गर्दै आएका छन् । ती पोस्टहरूमा उनले हर्मुज जलयोजकका बारेमा पटक–पटक लेखेका छन् ।
उक्त अकाउन्टमा भनिएअनुसार, इरानविरुद्ध आक्रामक हुनेहरूसँग सम्बन्धित कुनै पनि जहाजलाई त्यहाँबाट पार हुने अधिकार छैन ।
ताङसिरी एक स्पष्टवक्ता कमान्डर हुन् जसले विगतमा अमेरिका र इजरायलविरुद्ध धेरै कडा बयानहरू दिएका छन् ।
सन् २०१९ मा उनले इरानको तेल निर्यातमा अवरोध पुर्याइयो भने होर्मुज जलयोजक बन्द गरिदिने धम्की दिएका थिए ।
इरानले जलयोजक नजिकै एउटा अमेरिकी जासुसी ड्रोन खसालेपछि सन् २०१९ मा अमेरिकी ट्रेजरीले अन्य आईआरजीसी कमान्डरहरूसँगै ताङसिरीमाथि पनि प्रतिबन्ध लगाएको थियो ।
इरानले ताङसिरी मारिएकोबारे अझै कुनै टिप्पणी गरेको छैन ।








प्रतिक्रिया