
सप्तरी । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्बाचनको क्रममा एक उम्मेदबारले टेलिभिजनमा अन्तर्वार्ता दिए वापत ५० हजार रुपैयाँ खर्च गरेका छन् ।
सप्तरी जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार शम्भुप्रसाद देवले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय एकता दलको तर्फबाट उम्मेदबारी दिएका थिए ।
निर्वाचन आयोगलाई बुझाइएको खर्च विवरण अनुसार देवले निर्वाचन अवधिभर कुल १ लाख ५ सय रुपैयाँ खर्च भएको जानकारी दिएका छन ।
देवले बुझाएको खर्च विवरणमा सबैभन्दा ठूलो रकम सञ्चार माध्यम र प्रचारप्रसारमा खर्च भएको देखिएको छ । प्राप्त विवरण अनुसार ुएभिन्यूज टेलिभिजनुमा अन्तर्वार्ता दिए बापत ५० हजार रुपैयाँ खर्च भएको उनले खर्च विवरणमा उल्लेख गरेका छन् ।
यस्तै पम्पलेट छपाईमा १० हजार ५ सय, मोटर साइकल र सिटी रिक्सा परिचालन गर्दा इन्धन खर्च ३० हजार र उम्मेदबारी खर्च १० हजार रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन् ।








प्रतिक्रिया