सेयर बजारमा ५४.५१ अंकको वृद्धि, साढे २३ अर्बको कारोबार हुँदा सूचक २९३१ बिन्दुमा


काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५१ अंकले बढेर २९३१.५५ बिन्दुमा उक्लिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से ६४.६९ अंकले बढेर बन्द भएको थियो ।

आइतबार नेप्सेमा कुल २३ अबै ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल २० अर्ब ७९ करोड माथिको कारोबार भएको थियो ।

आइतबार १८३ कम्पनीको सेयर मूल्य बढ्दा ७३ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा दुई कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।