
काठमाडौं । खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन हुने सीताराम ब्राण्डको ‘कृष्णा स्टाण्डर्ड’ दूधको बिक्री बितरणमा रोक लगाएको छ ।
विभागकी प्रवक्ता डा बालकुमारी शर्माका अनुसार प्रशोधित दूधको हकमा सरकारले चिल्लो पदार्थ ३ प्रतिशत तोकिएको छ । तर अनुगमनको क्रममा उत्पादन मिति २०८२ चैत २ र ब्याच नम्बर २८६१ भएको कृष्णा स्टाण्डर्डको लगबुकमा १.४ प्रतिशत मात्रै पाइएको थियो ।
उत्पादन भएर कोल्ड स्टोरमा तयारी अवस्थामा रहेको उक्त ब्याचको प्रशोधित दूधलाई सोहि उद्योगको प्रयोगशालामा परीक्षण गर्दा पनि चिल्लो पदार्थको मात्रा सरकारले तोकेको मापदण्ड विपरित पाइएकाले ५ सय एमएलको ५ सय १९ क्रेट (१० हजार ३ सय ८० पोका) दूधको बिक्री बितरणमा विभागले रोक्का लगाएको शर्माले जानकारी दिइन् ।







प्रतिक्रिया