शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड

56
Shares

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडद्वारा निष्काशन गरिएको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) बाँडफाँड भएको छ ।

मंगलबार भएको उक्त बाँडफाँडबाट १ लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको थियो ।

कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६ सय कित्ता सेयर सार्वजनिक निष्काशन गरेको थियो ।

२६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएकोमा २६ लाख ५० हजार ८४७ जनाको आवेदकलाई मात्र आईपीओ बाँडफाँडका लागि योग्य भएका थिए ।