
काठमाडौं । सरकारको ऋणभार चालु आर्थिक वर्षको फागुनसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ३० अर्ब रुपैयाँ पुगकेो छ ।
यस्तो ऋण कुल ग्रार्हस्थ उत्पादनको आधारमा ४७.१३ प्रतिशत रहेको छ ।
सरकारको यस्तो ऋण दायित्व चालु आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो ।
यस्तो ऋण दायित्व पछिल्लो ८ महिनामा २ खर्ब ४ अर्ब रुपैयाँले बढेको छ ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्नै लक्ष्य लिएको छ । यो लक्ष्य अनुसार फागुन सम्ममा २ खर्ब ९५ अर्ब रुपैयाँ थप ऋण लिएको छ ।
यस्तो ऋणको लागि सरकारले २ खर्ब ४२ अर्ब रुपैयाँ भुक्तानी पनि गरिसकेको छ । यो आर्थिक वर्षमा सरकारले ४ खर्ब ११ अर्ब रुपैयाँ ऋणको सावा व्याजवापत भुक्तानी गर्ने लक्ष्य लिएको छ ।
सरकारले लिएको यस्तो ऋण नेपालको २०७८ को जनसख्ंया २ करोड ९१ लाख ६४ हजार ५७८ जनाका लागि औषतमा हिसाव गर्दा प्रतिव्यक्ति ऋण दायित्व एक लाख रुपैयाँ नजिक पुगेको छ । यस्तो रकम ९८ हजार ६९१ रुपैयाँ प्रतिव्यक्ति नेपालीको ऋण दायित्व हुन आउँछ ।







प्रतिक्रिया