
काठमाडौं । महेन्द्र राजमार्ग र मध्यपहाडी राजमार्ग विस्तार हुँदा विस्तापित भएका व्यवसायिले कर्जा पुनरसंरचना गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा गरेअनुसार उक्त व्यवस्था एक परिपत्रमार्फत कार्यन्वयनमा ल्याएको हो ।
‘महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम/व्यवसायहरूमा प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी कर्जाको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिनेछ,’ राष्ट्र बैंकले परिपत्र जारी गर्दै भनेको छ ।
यस्तो पुनरतालिकीकरण/पुनरसंरचना २०८३ असार मसान्तभित्र गरिसक्नु पर्ने परिपत्रमा उल्लेख छ । पुनरतालिकीकरण/पुनरसंरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तिमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।







प्रतिक्रिया