पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, ४ लाख ५० हजार आवेदकले पाए १० कित्ता

112
Shares


काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट भएको छ।

आईपीओ निष्कासनका लागि कम्पनीले नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

माग भन्दा बढी आवेदन परेकाले गलोप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ४५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

उक्त आईपीओमा २४ लाख १३ हजार ५१७ जना आवेदकले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । कुल आवेदकमध्ये २३ लाख ७६ हजार ७०५ वटा आवेदन मात्र योग्य ठहरिएका थिए।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट गरिएको बाँडफाँटमा ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीले यसअघि नै उद्योग र खानी प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ ।