
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुबईमा अलपत्र नेपालीको लागि आज पनि उद्दार उडान जारी राख्ने भएको छ । निगमले काठमाडौंबाट बिहीबार गरेको दुबई र दोहाको उडानलाई आज उतबाट फिर्ता आउने भएको छ ।
निगमले दुबई काठमाडौं र दोहा काठमाडौंको उडान गर्ने भएको छ । निगमले मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थिति तथा हवाई क्षेत्र बन्दका कारणले नेपाल वायुसेवा निगमको उडान सुरु गरेको छ ।
निगमले विहीबार काठमाडौंबाछ दुबई र दोहाको लागि उडान गरेको थियो भने उक्त आज दुबई र दोहाबाट काठमाडौं आउने भएको छ ।
निगमले आगामी दिनमा मध्यपूर्वको दुबई, दोहा र दमाममा हुने उडानको समन्वयका लागि वायुसेवा निगमसँग सम्पर्क गर्न आव्हान गरेको छ ।







प्रतिक्रिया