पश्चिम एसियाका बैंक र वित्तीय संस्थालाई निशाना बनाउने इरानको उद्घोष

462
Shares

एजेन्सी । इरानको संयुक्त सैन्य कमान्डले पश्चिम एसियाका बैंक र वित्तीय संस्थाहरू अब आफ्नो निशानामा रहेको बताएको एसोसिएटेड प्रेसले रिपोर्ट गरेको छ ।

खताम अल–अन्बिया मुख्यालयले ती लक्ष्यहरू पहिचान गर्दै एक विज्ञप्ति जारी गरेको छ । तेहरानको एक बैंकका कर्मचारीहरू इजरायली–अमेरिकी हवाई आक्रमणमा मारिएको इरानी सञ्चारमाध्यमले रिपोर्ट गरेपछि यो चेतावनी आएको हो ।

यो धम्कीले विशेष गरी संयुक्त अरब अमिरातको दुबईलाई जोखिममा पार्नेछ । त्यहाँ धेरै अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू रहेका छन् । साथै, साउदी अरब र टापुराष्ट्र बहराइनलाई पनि यसले जोखिममा पार्नेछ ।