
एजेन्सी । इरानका नवनियुक्त सर्वोच्च नेता मोजतबा खामेनेई जारी युद्धका क्रममा लागेको चोटका बावजुद सुरक्षित र स्वस्थ रहेको राष्ट्रपति मसुद पेजेस्कियानका छोरा युसुफ पेजेस्कियानले बुधबार बताएका छन् ।
५६ वर्षीय मोजतबाको स्वास्थ्य र उनी कहाँ छन् भन्नेबारे व्यापक अड्कलबाजी भइरहेका बेला यो टिप्पणी आएको हो । आफ्ना बुबा आयातोल्लाह अली खामेनेईको अमेरिकी–इजरायली आक्रमणमा मृत्यु भएपछि इरानको नेता नियुक्त भएदेखि मोजतबा सार्वजनिक रूपमा देखिएका छैनन् ।
रिपोर्टहरूले मोजतबा युद्धका क्रममा घाइते भएको हुनसक्ने संकेत गरेका छन् यद्यपि विवरणहरू अझै अस्पष्ट छन् र इरानी अधिकारीहरूले उनको अवस्थाबारे कम जानकारी सार्वजनिक गरेका छन् ।
मोजतबालाई यसै महिनाको सुरुमा इरानको एसेम्बली अफ एक्सपर्ट्सले देशको नयाँ सर्वोच्च नेताको रूपमा चयन गरेको थियो । इस्लामिक गणतन्त्रको इतिहासमा यो पद बुबाबाट छोरामा हस्तान्तरण भएको यो पहिलोपटक हो ।
उनको यो नियुक्ति यस्तो समयमा भएको हो जब इरान अमेरिका र इजरायलसँगको बढ्दो द्वन्द्वमा फसेको छ र पश्चिम एसियाली क्षेत्रभरि आक्रमणहरू जारी छन् ।







प्रतिक्रिया