
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले जित हासिल गरेका छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४ यातायात व्यवसायीहरुमध्ये २ जनाले मात्रै जित हासिल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधि सभा निर्वाचनमा हार व्यहोरेका छन् ।
स्वाँर नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजीत भएका छन् । उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनालले १९ हजार बढी मत ल्याएर विजयी भएका छन् । स्वाँरले ७ हजार २ सय मत ल्याएर चौथो स्थान हासिल गरेका छन् ।
अर्का पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसले खड्कालाई उम्मेदवार बनाएको थियो । खड्काले २८ हजार ८ सय मत ल्याएर उनले जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले १८ हजार ८९० मत ल्याएका थिए ।
त्यस्तै, सुर्खेत–२ बाट रास्वपाबाट उम्मेदवारी दिएका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले ३० हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् ।
सापकोटाका निकटतम प्रतिद्वन्दी काँग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत ल्याएका थिए । अर्का यातायात व्यवसायी नेपाली काँग्रेसका उम्मेदवार भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका थिए । तर उनले हात व्यहोर्नु परेको छ ।
उक्त क्षेत्रबाट रास्वपाका उम्मेदबार झविलाल डुम्रेले २५ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरेका छन् । मल्लले २० हजार ८३० मत ल्याएर हार व्यहोर्नुपरेका छ ।








प्रतिक्रिया