सम्पूर्ण अपडेट

रास्वपाको अभूतपूर्व नतिजाले सेयर बजारमा उत्साह, लाग्यो दोस्रो सर्किट ब्रेक

203
Shares

काठमाडौं । रास्वपाको अभूतपूर्व नतिजाले सेयर बजारमा उत्साह छाएको छ ।

सोमबार कारोबार खुलेको केही समयमा नै नेप्से चार प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

त्यसपछि २० मिनेटका लागि बन्द भएको नेप्से फेरि खुल्नसाथ दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार भन्द भएपछि खुलेको केही मिनेटमा नै नेप्से ५ प्रतिशत अर्थात् १३५.७२ अंकले बढेर २८४८.२२ बिन्दु पुगेको छ । यस बीचमा कुल २८ करोड ५१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लागेर कारोबार २० मिनेट कारोबार
स्थगित हुने गर्दछ ।

यसपछि, कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट कारोबार स्थगित हुन्छ ।

कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढेमा बाँकी पुरै दिनको कारोबार स्थगित हुने व्यवस्था छ ।