
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम २ मा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन् ।
उनले ९ हजार ५१८ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुष्प शाहले ९ हजार ०४६ मत ल्याए ।
शाहलाई ४७२ मतले पराजित गर्दै बोगटी विजयी भएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३ तथा रास्वपाका भुपदेव शाहले ४ हजार ५६२ मत ल्याए।








प्रतिक्रिया