
ताप्लेजुङ । प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी भएका छन् । नेपाली काग्रेसका गजेन्द्र प्रसाद तुम्याहाङलाई २ हजार २ सय ५१ मतले पराजित गर्दै विजयी भएका हुन् ।
थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७ सय ११ मत प्राप्त गरे । थेवे कोशी प्रदेशबाट निर्वाचीत हुने एमालेका पहिलो सांसदपनि बनेका छन् ।
नेकपाका खेलप्रसाद वुढाक्षेत्री ६ हजार ७ सय ७५ मत सहित तेश्रो हुँदा श्रम सस्कृती पार्टीका सन्तोष राई ५ हजार २ सय ९ मत सहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका बिरेन्द्र श्रेष्ठ ४ हजार १ सय ५५ मत सहित पाँचौं स्थानमा रहेका छन् । ताप्लेजुङमा यस अघि २०७४ र २०७९ मा एमालेका योगेश भट्टराई विजयी भएका थिए ।








प्रतिक्रिया