सम्पूर्ण अपडेट

रुपन्देही-४ मा रास्वपाका बनियाँ निर्वाचित

56
Shares

काठमाडौं । रुपन्देही-४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भएका छन्।

नेकपा (एमाले)का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कूल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो ।