
एजेन्सी । इरानले इराकमा रहेका कुर्द समूहहरूलाई निशाना बनाएको जानकारी दिएको छ । विस्तार हुँदै गएको युद्धको बीचमा विखण्डनकारी समूहहरूलाई कुनै पनि गतिविधि नगर्न पनि उसले चेतावनी दिएको छ ।
तेहरानले बिहीबार इराकमा रहेका क्रान्ति विरोधी कुर्द समूहहरूमाथि प्रहार गरेको बताएको छ । यसैबीच, अमेरिकाले इरानभित्र घुसपैठ गराउन कुर्द मिलिसियाहरूलाई हतियार दिने तयारी गरिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन् ।
एक प्रतिनिधिका अनुसार, ती हमलाहरूमा एक निर्वासित इरानी कुर्द समूहका सदस्यको मृत्यु भएको छ । यो हमला इरानी अधिकारीहरूले चेतावनी दिएको केही समयपछि भएको हो ।
एएफपी समाचार एजेन्सीका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले भने, ‘विखण्डनकारी समूहहरूले अहिलेको परिस्थितिको फाइदा उठाएर कुनै पनि कदम चाल्ने विषयमा सोच्नु हुँदैन । हामी उनीहरूलाई कुनै पनि हालतमा सहने छैनौं ।’








प्रतिक्रिया