
काठमाडौं । अक्षाम जिल्लामा मतदानका क्रममा गोली चलेको भन्ने सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सुशासन संचार नामक फेसबुक पेजबाट अछाममा मतदान विरोध गर्ने प्रयास हुँदा गोली लागेर एक जनाको मृत्यु भएको भन्ने सूचना प्रसारित गरिएको थियो। तर उक्त सूचना पूर्ण रूपमा भ्रामक भएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीका अनुसार हाल अछाम जिल्लामा मतदान कार्यक्रम शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ। सामाजिक सञ्जालमार्फत गलत अफवाह फैलाएर भ्रम सिर्जना गर्ने व्यक्तिको पहिचान गर्ने र खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
यस्तो गलत सूचना फैलाउने व्यक्तिलाई कानुन बमोजिम आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिएका छन्।









प्रतिक्रिया