अमरेशकुमार सिंहको पालिका रहेको बलरा–४ स्थित एक केन्द्रमा रोकिएको मतदान सुरु

98
Shares

काठमाडौं । सर्लाही–४ अन्तर्गत बलरा नगरपालिकाको मतदान केन्द्रमा स्थगन भएको मतदान पुनः सुरु भएको छ ।

दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको केही समयमा पुनः सुरु भएको हो ।

रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका रहेको यस मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउन छलफल गरेका थिए ।