
सुर्खेत । सुर्खेतको छिन्चु क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ । भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान उक्त वस्तु भेटिएको हो ।
सडक छेउमा रातो प्लास्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली घटनास्थलमा पुगेको प्रहरी निरीक्षक प्रकाश केसीले जानकारी दिए । उनका अनुसार शंकास्पद वस्तु फेला परेपछि तत्कालै सुरक्षा घेरा कायम गरिएको छ ।
प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई सुरक्षित घेरामा राखेको छ भने सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ ।
वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय गरिएको प्रहरीले जनाएको छ । सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आवश्यक जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।








प्रतिक्रिया