
काठमाडौं । मारुती फुड पार्कको व्यापार ३० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३० प्रतिशतले घटेको हो ।
सन् २०२४ मा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले गत आवमा १.२० प्रतिशत खुद नाफा कमाएको छ ।
सन् २०१९ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ ।
वार्षिक ३३ हजार ८ सय ४० मेट्रिक टन चामल उत्पादन क्षमता रहेको कम्पनीले विभिन्न पाँच वटा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले तनिस्क, काठमाडौं गेट, बुद्ध गेट, सेतो हिमाल र एच एन्ड टी ब्रान्डमा चामलको कारोबार गर्दै आएको छ।
विनोदकुमार अग्रहरी प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १९ करोड २९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड ७० लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया