
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न उपत्यका बाहिर जाने मतदाताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा काठमाडौं छाड्नेहरूको भीड विभिन्न नाका र बसपार्क क्षेत्रमा उल्लेख्य रूपमा देखिएको छ।
गोंगबुस्थित नयाँ बसपार्कमा सबैभन्दा बढी यात्रु चाप देखिएको छ । यसबाहेक चावहिल, कोटेश्वर, कलंकी, बल्खु र बालाजु क्षेत्रबाट पनि बाहिरिने यात्रु तथा सवारीसाधनको संख्या उच्च रहेको छ ।
नयाँ बसपार्कबाट आइतबार मात्र ४ सय ८० वटा माइक्रोबस तथा यात्रुवाहक बस बाहिरिएको जनाइएको छ । सवारीको अत्यधिक चापका कारण आइतबार र सोमबार नागढुंगा–नौबिसे सडकखण्ड तथा बीपी राजमार्गमा घण्टौं ट्राफिक जाम भएको थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार फागुन १० देखि १७ गतेसम्म आठ दिनको अवधिमा ३ लाख ५३ हजार ४६ जना यात्रु उपत्यका बाहिरिएका छन् ।
पूर्वी जिल्लातर्फ जाने मतदाताको भीड जडीबुटी क्षेत्रमा समेत देखिएको छ । जिप, मिनिबस, माइक्रोबस तथा यात्रुबस रिजर्भ गरेर गन्तव्यतर्फ जाने क्रम बढेपछि मंगलबार बिहानै जडीबुटी क्षेत्रमा पनि ट्राफिक जाम भएको थियो ।



























प्रतिक्रिया