आज सुनको मूल्य तोलामा २५ सयले बढ्यो, कति पुग्यो ?

161
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हिजोको तुलनामा तोलामा २५ सय रुपैयाँले बढेको हो ।

१८ गते(हिजो) को तुलनामा आज १९ गते सुनको मूल्य २५ सयले बढेको हो ।

आज सुनको मूल्य तोलाको ३ लाख २८ हजार ६ सय रुपैयाँ तोकिएको छ भने हिजो सुन ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज तोलाको ५ हजार ८१५ रुपैयाँ तोकिएको छ । यसअघि हिजो चाँदी ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।