
काठमाडौं । रामेछापमा भएको दुर्घटनामा मतदान अधिकृत र असईको मृत्यु भएको छ।
मृत्यु हुनेमा असई पर्शुराम यादव र मतदान अधिकृत तथा शिक्षक डोरप्रसाद घिमिरे रहेका छन्।
निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी रामेछाप नगरपालिका-२ स्थित देउरालीमा सोमबार दिउँसो दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुई वटा बुथका कर्मचारी र सामग्री बोकेर गाडि जाँदै थियो ।
दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी मन्थली विमानस्थलबाट सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ।
घाइते हुनेमा शिक्षकद्वय भीम बहादुर मानन्धर, कृष्णप्रसाद घिमिरे, चालक सम्बर बहादुर मानन्धर, दुर्गा कार्की, सविना खड्का, केदार कुमार रोका र पुजादेवी सुनुवार रहेका थिए। घाइतेहरूको छाउनी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
गाडीबाट हाम फालेका तीन जना सकुशल छन् ।








प्रतिक्रिया