आइतबार लागि ५ वायुसेवाका १० उडान रद्द हुँदा १६ सय यात्रु प्रभावित, अरु वायुसेवाको नियमित

161
Shares

काठमाडौं । मध्यपूर्वी क्षेत्रमा बढेको तनावका कारण एयर स्पेस (हवाई उडान) बन्द भएका कारण नेपालबाट आइतबार लागि ५ वटा वायुसेवाका १० वटा उडान प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार आइतबारका लागि जजीरा एयरवेज, एयर अरेविया, एयर अरेविया दुबाई, कतार एयरवेज र फ्लाई दुबाइको एउटा जाने र एउटा आउने गरी दुईदुईवटा मात्रै उडान रद्द भएका छन् । अरु गन्तव्यमा उडान गर्ने यात्रुको भने उडान सुरु भइरहेको पनि उनले बताए ।

आइतबारको उडान रद्दका कारण जजीराको २५० यात्रु, एयर अरेवियाको ३०० यात्रु, एयर अरेविया अबुधावीको २८० यात्रु, कतार एयरवेजको ४५० यात्रु र फ्लाई दुबाईको ३२० यात्रु मात्रै प्रभावित भएका छन् ।

यी वायुसेवाले गर्ने उडान र अवतरणबाट करिब १६ सय यात्रु प्रभावित भएको पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार आइतबारका लागि ४० वटा उडानको तालिका तय भएको छ । यसमध्ये १० वटा उडान रद्द भइसकेको र अन्यको उडान हुने अवस्था रहेको पनि बस्नेतले जानकारी दिए ।

विमानस्थल कार्यालयका अनुसार शनिबार मध्यपूर्वी क्षेत्रका लािग तय भएका ८ वटा वायुसेवाका २२ वटा उडानमा ५ वटा मात्रै भएकोले आइतबार पनि ति उडान प्रभावित हुने अनुमान भएको थियो । यद्यपी सहजता भएको गन्तव्यमा उडान भएको छ भने एयर स्पेस बन्द रहेका र सम्बन्धित वायुसेवाले नचाहेको क्षेत्रमा मात्रै उडान बन्द रहेको छ ।

आइतबारका लागि तय भएका अन्तर्राष्ट्रिय वायुसेवाका उडान तालिका

कतार एयरवेजले भने कतारको हवाई क्षेत्र बन्द गरिएकाले आफ्ना उडान सेवा अस्थायी रूपमा स्थगित रहेको सूचना निकालेको छ । यो वायुसेवाले जारी गरेको अद्यावधिक सूचनामा कतारको हवाई क्षेत्र सुरक्षित रूपमा पुनः सञ्चालन गर्न सकिने भनी कतारी नागरिक उड्डयन प्राधिकरणले घोषणा गरेपछि मात्र उडान सेवा पुनः सुरु गर्ने जानकारी दिएको छ ।

एयरलाइन्सका अनुसार आगामी अद्यावधिक सूचना मार्च २ तारिख बिहान ९:०० बजे (दोहा समय) अर्थात् ०६:०० यूटीसीमा सार्वजनिक हुने छ ।

यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी पछिल्लो जानकारीका लागि कतार एयरवेजको आधिकारिक वेबसाइट वा मोबाइल एप नियमित रूपमा जाँच गर्न पनि यो वायुसेवाले यात्रुहरुलाई आग्रह गरेको छ ।

Skip This