मारुती फुड पार्कको व्यापार ३० प्रतिशतले घट्यो, कति गर्‍यो कारोबार ?

70
Shares

काठमाडौं । मारुती फुड पार्कको व्यापार ३० प्रतिशतले घटेको छ। कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३० प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् २०२५ मा भने १ अर्ब २५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीले सन् २०२३ मा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीले गत आवमा १.२० प्रतिशत खुद नाफा कमाएको छ ।

सन् २०१९ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । वार्षिक ३३ हजार ८ सय ४० मेट्रिक टन चामल उत्पादन क्षमता रहेको कम्पनीले पाँच वटा ब्रान्डमार्फत बिक्री वितरण गर्दै आएको छ। कम्पनीले तनिस्क, काठमाडौं गेट, बुद्ध गेट, सेतो हिमाल र एच एन्ड टी ब्रान्डमा चामलको कारोबार गर्दै आएको छ ।

विनोदकुमार अग्रहरी प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि १९ करोड २९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड ७० लाख रुपैयाँको रेटिङ गराएको हो ।

Skip This