
विराटनगर । कांग्रेस नेता डा शेखर कोइरला संकटमा परेको परिवारको राजनीतिक विरासत जोगाउन मोरङ क्षेत्र नं ६ मा संघर्षरत छन ।
यहाँ उनी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यकालागि एमालेका नेता विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीकी रूविना आचार्य लगायत १७ जना उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन ।
कोइराला र ढकालको दोस्रो भेट हो, भने अरु नयाँ अनुहार र युवा हुन । कोइराला यसअघि २०६५ को उपनिर्वाचन, २०७० को दोस्रो संविधान सभा र २०७९ मा यही क्षेत्रवाट विजयी भएका थिए ।
कांग्रेस सस्थापक नेता विपी पुत्र शशांक र गिरिजा पुत्री सुजता यो निर्वाचनमा उम्मेदवार विहिन रहँदा शेखर परिवारवाट यसपाली एक्लो उम्मेदवार हुन ।
यो क्षेत्रमा कोइराला अघिल्लो निर्वाचनमा माओवादी र एकीकृत समाजवादी पाटीसँगको गठबन्धन हुँदा ३५ हजार २२४ मत ल्याएर एमालेका लालवावु पण्डितलाई हराएका थिए ।
पण्डितले २२ हजार ९४६ मत ल्याएका थिए । त्यसवेला रास्वपाका यादवकुमार प्रधानले ९ हजार १४० मत ल्याएउदा राप्रपाका गोपाल क्षेत्रीले ८ हजार ९२५ मत ल्याएका थिए ।
समानुपातिक तर्फ कांग्रेसले २३ हजार ७१०, एमाले १९ हजार ३८९, राष्ट्रिय स्वतन्त्र पार्टी ११ हजार ५२६, माओवादी ८ हजार १८५ र राप्रपाले १० हजार ६४१ मत पाएका थियो ।
यो निर्वाचन क्षेत्रमा विराटनगर महानगरपालिकाका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडा सहित बुढीगंगा गाउँपालिकाक र सुन्दरहरैंचा नगरपालिकाका २ देखि ७ नम्बर वडा समेटिएका छन् । यहाँ यसपटक यो क्षेत्रमा १ लाख ३७ हजार ८३२ मतदाता छन् ।








प्रतिक्रिया