डीएफएसकेको गाडी बेच्ने ग्रीन अटोमोबाइल्सले एकै वर्ष गर्‍यो ५१ करोडको व्यापार

0
Shares

काठमाडौं । डीएफएसकेसहित अन्य विभिन्न ब्रान्डका सवारी साधन बेच्ने ग्रीन अटोमोबाइल्सले एकै वर्ष ५१ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२४ मा ७ महिना मात्रै कारोबार गरेको कम्पनीले सो वर्ष ०.८० प्रतिशत खुद नाफा कमाएको थियो । गत आवमा कम्पनीले ०.२४ प्रतिशत खुद नाफा कमाएको छ ।

सन् २०२३ मा स्थापना भएको कम्पनीले विद्युतीय सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले डीएफएसके, किङलङ, केवाईसी र नेटा ब्रान्डका विद्युतीय सवारी साधनको बिक्री वितरण गर्दै आएको छ । कम्पनी एआईएमओ र शलियन विद्युतीय सवारी साधनको आयातकर्ता तथा वितरक पनि हो।

निरोज महर्जन अध्यक्ष रहेको कम्पनीले सन् २०२४ मा डीएफएसके ब्रान्डबाट मात्रै आम्दानी गरेको थियो । गत आवमा घटेर ८४ प्रतिशतमा सीमित भएको छ । त्यसबाहेक अन्य हिस्सा केवाईसी, किङलङ र नेटाको छ ।

प्रविन खतिवडाको १७ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३७ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३७ करोड रुपैयाँको रेटिङ गराएको हो ।