चुनावका लागि चीनले दिने ५८ करोड नगद अनुदान लिनेसहित यी हुन् सरकारका २५ निर्णय

259
Shares

काठमाडौं । सरकारले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रस्तावित ४ मिलियन अमेरिकी डलर (करिब ५८ करोड १६ लाख नेपाली रुपैयाँ) बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै सरकारले चालु आर्थिक वर्षको वार्षिक बज्ट तथा कार्यक्रमा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले २५ वटा विभिन्न निर्णय गरेको छ ।