सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

140
Shares

काठमाडौं । आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ७१५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी पाँच हजार ५९५ रुपैयाँ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।