
काठमाडौं । सोमबार बिहान धादिङ्गको बेनिघाट रोराङ्गस्थित त्रिशुलीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १९ जनामध्ये नौं जना यात्रुको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ्गका अनुसार मृतकमध्ये १० जनाको अझै सनाखत भएको छैन ।
प्रहरीका अनुसार २४ वर्षीय ब्रिटिस नागरिक स्टेवार्ट डोमिनिक इथान, पोखरा ३० का ४० वर्षीय बिकेक बास्तोला, बालिङ्ग १४ का ६३ वर्षीय चन्द्रबहादुर कुँवर, व्यास नगरपालिका ४ का ४० वर्षीय ओमकुमार मल्ल, त्रिपुरासुन्दरी ४ बस्ते ३० वर्षीय इन्जिनियर ठकुरी, शुक्ला गण्डकी ७ का ५५ वर्षीया बिष्णुमाया ढकाल, काठमाडौं ६ का ४२ वर्षीय लोप्साङ्ग गोले, भिमान नगरपालिकाका ६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र तानसेन २ का ५५ वर्षीय नविन्द्र श्रेष्ठको सनाखत भएको छ ।
यसबाहेक १० जनाको नाम र ठेगाना अहिलेसम्म खुलेको छैन ।









प्रतिक्रिया