
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै दायर गरिएको मुद्दामा पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य साधारण तारेखमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।
आइतबार विशेष अदालतमा उपस्थित भएका अमात्य र आचार्यलाई अदालतको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको हो। विशेष अदालतका न्यायाधीशहरू न्यारायणप्रसाद पौडेल, विदुर कोइराला र उमेश कोइरालाको संयुक्त इजलासले उनीहरूलाई तारेखमा रिहा गर्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा लागत बढाई विमानस्थल निर्माण गर्दा ८ अर्ब ३६ करोड रुपैयाँ अनियमितता भएको दाबी गर्दै गत २२ मंसिरमा पाँच जना पूर्वमन्त्री, १० जना पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा संलग्न धेरैजसो प्रतिवादीहरूलाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिइसकेको छ। अदालतको यस आदेशप्रति असन्तुष्टि जनाउँदै अख्तियारले ‘वेरितको निवेदन’ लिएर सर्वोच्च अदालतमा समेत पुगेको छ।








प्रतिक्रिया