क्लिकमान्डुकर्मी भण्डारीलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

98
Shares

काठमाडौं । नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार क्लिकमान्डुकर्मी विनोद भण्डारीलाई प्रदान गरिने भएको छ ।

कोषद्वारा गठित पुरस्कार छनोट समितिको आइतबार विराटनगरमा बसेको बैठकले साढे दुई दशकयता नेपाली पत्रकारितामा सक्रिय भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्रले पत्रकार भण्डारीलाई पुरस्कृत गरिनेछ । छनोट समितिमा कोषका संस्थापक शंकर लुइँटेलसहित प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित र पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक छन् ।

कोषले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई विगत पाँच वर्षदेखि नगदसहित पुरस्कार दिँदै आएको छ । यसअघि सो पुरस्कारबाट पत्रकार विक्रम निरौला, अभयकुमार राई, विनोद सुवेदी र सुशीला पाठक पुरस्कृत भइसकेका छन् । पुरस्कार फागुन १७ गते मोरङको झोराहाटमा कार्यक्रम आयोजना गरि प्रदान गरिने छ ।