
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १० हजार ३ सय रुपैयाँ तोकिएको छ।
यसअघि शुक्रबार सुनको मूल्य तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । महासंघका अनुसार सुनको मूल्य शुक्रबारको तुलनामा ५ हजार ६ सय रुपैयाँले घटेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ हजार ४२५ रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ५० रुपैयाँमा बिक्री भएको थियो ।








प्रतिक्रिया